काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ७० पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४२ पैसा र बिक्री दर ९१ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ८६ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०९ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४१ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २७ पैसा र बिक्री दर ३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर