बुधबार, असोज १४, २०८३

एक सातामा २ अर्ब निक्षेप संकलन, कर्जामा १ अर्ब लगानी

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २ अर्ब निक्षेप संकलन गरेका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौँ- पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २ अर्ब निक्षेप संकलन गरेका छन्। वाणिज्य बैंकहरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए)का ले गत साता २ अर्ब निक्षेप संकलन गरी १ अर्ब कर्जा विस्तार गरेको जानकारी दिएको हो। 

एनबीएका अनुसार चालु आर्थिक वर्षको चैत ११ गतेसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ३० अर्ब निक्षेप संकलन गर्दा ४१ खर्ब ७० अर्ब कर्जामा लगानी गरेका छन्। अघिल्लो हप्तासम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २८ अर्ब निक्षेप संकलन गरेका थिए। 

ब्याजदर बढाएपनि निक्षेप संकलन नबढेपछि बैंकहरूले कर्जा विस्तारमा कडाइ गर्न थालेका छन्। अघिल्लो महिनासम्म निक्षेप संकलन नबढ्दा पनि कर्जा विस्तारमा सक्रिय वाणिज्य बैंकहरूले पछिल्लो समय भने कर्जा लगानीमा कडाइ गर्न थालेका छन्। 

प्रकाशित: Mar 28, 2022| 14:19 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्