मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
 |  सोमबार, चैत १४, २०७८
nespernesper

रासस

रासस

सोमबार, चैत १४, २०७८

दार्चुला- डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

triton college

अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। 

हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिइन्।

थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो। एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपिहिमाल पुगेका थिए। 

प्रकाशित: Mar 28, 2022| 11:31 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।