शुक्रबार, जेठ १, २०८३

शिक्षण संस्था बेरोजगार जनशक्ति उत्पादन गर्ने संस्था हुनुहुँदैनन् : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

पोखरा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन्। आइतबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी)को ३९औं व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

National life

'संविधानले प्राविधिक शिक्षालाई वैज्ञानिक, व्यवहारिक र रोजगारमूलक भनेर किटान गरेको छ,' मन्त्री पौडेलले भने, 'सिटीईभिटीले दक्ष, सक्षम र कामकाजी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ।'

सैद्धान्तिक विषयमा विद्यार्थीहरूले रुचि कम देखाएको बताउँदै मन्त्री पौडेलले प्राविधिक विषयलाई जीवनोपयोगी बनाउने गरी नयाँ कार्यक्रम बनाउन निर्देशन दिए। 

सिटीईभिटीले नीतिगत सुधार र देशभर भएका शिक्षालयलाई नियमन गर्नुपरेमा मन्त्री पौडेलले जोड दिए। 'हिजो र आजको कृषिमा तात्त्विक भिन्नता छैन', मन्त्री पौडेलले भने, 'हरित कृषि, पशुपालन, पर्यटनलगायतका विषयलाई पाठ्यक्रममा समावेश गरी प्राथमिकता दिनुपर्‍यो।'

देशका केही शिक्षण संस्थाहरू राज्यले बनाएको कानुनले अप्ठ्यारोमा परेको बताउँदै त्यसलाई संशोधन गर्दै जानुपर्ने तर्क राखे। 

संस्थाले आन्तरिक संगठन, कर्मचारी व्यवस्थापन र संरचनागत सुधारमा ध्यान दिनुपर्ने बताउँदै आगामी १० वर्षसम्म पनि व्यवहारिक हुने गरी पाठ्यक्रम निर्माण गर्न निर्देशन दिए। उनले मनपरी भन्दा जनघनत्वको मूल्यांकन गरी सिटीईभिटीको कार्यक्रम लैजानुपर्नेमा बताए।

प्रकाशित: Mar 28, 2022| 09:30 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्