बुधबार, असोज १४, २०८३

सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सम्पन्न

सनी सेक्यूरिटिजले साइन्टिफिक विजनेश हवअन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वयमा शेयर तालिम सम्पन्न गरेको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- सनी सेक्यूरिटिजले साइन्टिफिक विजनेश हवअन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वयमा शेयर तालिम सम्पन्न गरेको छ। 

कम्पनीले यही चैत्र १२ गते बिहान ७ बजे देखि ११ बजेसम्म भरतपुर चितवनस्थित तारा पुञ्ज रिसोर्टमा आधारभूत शेयर तालिम सञ्चालन गरेको हो। ग्लोबल मनी विक २०२२ को ‘विल्ड योर फ्युचर, बी अबाउट स्मार्ट मनी’ भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी सञ्चालन गरिएको सो तालिममा १४४ जनाको सहभागिता रहेको थियो।

कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धेरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरेका छन्। 

साथै साइन्टिफिक विजनेश हव प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूको आर्थिक र वित्तीय क्षेत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने, पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गरी आवश्यक क्षमता अभिवृद्धि गर्दै सही वित्तीय निर्णयहरू लिन आवश्यक हुने ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकास गर्ने पुनित मनसायले तालिम कार्यक्रम आयोजना गर्ने सनी सेक्यूरिटिजलाई धन्यवाद ज्ञापन गरे। 

शेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठूलो जोखिम मोल्नु परेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञानसहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन् गरी सनी सेक्यूरिटिजको पहलमा शेयर बजार सम्बन्धी जागरूक र जनचेतनामूलक तालिमहरू देशव्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हवअन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ।

उक्त कार्यक्रमका विशेषताहरू शेयर बजार र परिचय, डिम्याट खाता र मेरो शेयरको बारेमा जानकारी, प्राथमिक बजार र आईपीओ, दोस्रो बजार र शेयर बजारमा कसरी प्रवेश गर्ने भन्ने विषयमा जानकारी दिइएको कम्पनीले जनाएको छ। 

त्यस्तै, दोस्रो बजार र शेयर मूल्य निर्धारण, परिसूचक र सर्किट ब्रेक, लाभांश र हकप्रद शेयर, बुक क्लोज र मूल्य समायोज, आधारभूत अनुपात जस्तैः प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर आदि, शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन् ?, वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरण, नेपालमा अनलाइन शेयर कारोबारको महत्त्व र यस क्षेत्रबारे कार्यक्रममा जानकारी दिइएको आयोजकले जनाएको छ।

प्रकाशित: Mar 28, 2022| 08:25 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्