काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३३ रुपैयाँ ५८ पैसा र बिक्री दर १३४ रुपैयाँ २३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ४२ पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३७ पैसा र बिक्री दर ९१ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ९७ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर