बिहीबार, असोज ११, २०८०

देउवाको 'रेडिमेड' निर्णय अनुमोदन गर्न कांग्रेसको कचहरी

सभापति शेरबहादुर देउवाले चुनावी तालमेलका गर्ने निर्णय लिइसकेर कांग्रेस केन्द्रीय समिति बैठक चलाएको बीचबीचमा उनका प्रश्न/प्रतिप्रश्नसहितका अभिव्यक्तिले संकेत गरेको देखिन्छ। चुनावी तालमेलका पक्षमा निर्णय गर्ने रेडिमेट निर्णय तयार गरेर बैठकको नेतृत्व देउवाले गरेको एक केन्द्रीय सदस्यले अनुमान गरे। शनिबारको बैठकमा देउवाले यसको छनक सहतमा ल्याएका थिए।
 |  आइतबार, चैत १३, २०७८
averest bankaverest bank

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, चैत १३, २०७८

काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेस चुनावी रणनीति बनाउन व्यस्त छ। शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आइतबारसम्म ५४ जनाले धारणा राखेका छन्। बैठकको मुख्य एजेन्डा राखिएको छ, चुनावी रणनीति र अन्य दलसँगको तालमेल। 

sagarmatha cement

शुक्रबार ६ वटा प्रदेशका सभापति र केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए। फागुन २९ बाट सुरु भएको 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियानका लागि जिल्ला-जिल्लामा खटिएका केन्द्रीय सदस्यले रिर्पोटिङसहितको धारणा राख्ने क्रम जारी छ। 

कांग्रेस बैठक चुनावी तालमेलको 'माथापच्ची'मा रुमलिएको छ। बैठकमा धारणा राख्ने सबै केन्द्रीय सदस्यहरूले चुनावमा अन्य दलसँग तालमेल गरेर जाने कि एक्लै भन्ने सन्दर्भमा नै धारणा राखेका छन्। 

बैठकमा बोल्ने अधिकांश केन्द्रीय समिति सदस्यका धारणा भने आपसमा बाझिएका छन्। यस पटकको चुनावमा तालमेल गर्न नहुने पक्षमा पनि धेरै केन्द्रीय सदस्यले धारणा राखेका छन्। यद्यपि दोस्रो दिनको बैठकमा कांग्रेस चुनावी तालमेलका पक्षमा खुल्दै गएको संकेत देखिएको छ।  

खासगरी कांग्रेसले दुई वटा मुख्य प्रश्नको जवाफ बैठकबाट खोज्ने प्रयास गरेको देखिन्छ। पहिलो–तालमेल गर्ने वा नगर्ने? दोस्रो- तालमेल गर्ने भए त्यसको मोडल कस्तो हुने? यी दुई प्रश्न सहितको धारणा केन्द्रीय सदस्यहरुले फरक–फरक कोणबाट राखिरहेका छन्। बैठक बोल्ने नेताहरूले तीन कोणबाट दुई प्रश्नको जवाफसहित धारणा राखिरहेका छन्। 

पहिलो मत तालमेल नगर्ने पक्षमा छ। कम्युनिस्ट विभाजित भएको अवस्थामा एक्लै नलडे कहिले लड्ने भन्ने विषय केन्द्रीय नेताहरूले उठाएका छन्। यस्तै दोस्रो विषय छ, तालमेल गरेर जानुपर्छ। सत्तामा साझेदारी रहेकाले चुनावमा पनि तालमेल गरेर जानुपर्ने यो विषय पक्षधरको धारणा छ। तेस्रो पक्ष चाहिँ तालमेल गर्न सकिन्छ तर स्थानीय आवश्यकता हेरेर निर्णय गर्ने अधिकार तल्लै तहलाई दिनुपर्छ भन्ने छ। यिनै दुई प्रश्न र तीन कोणमा कांग्रेस बैठक केन्द्रित छ। 

सभापति शेरबहादुर देउवाले चुनावी तालमेलका गर्ने निर्णय लिइसकेर कांग्रेस केन्द्रीय समिति बैठक चलाएको बीचबीचमा उनका प्रश्न/प्रतिप्रश्नसहितका अभिव्यक्तिले संकेत गरेको देखिन्छ। चुनावी तालमेलका पक्षमा निर्णय गर्ने रेडिमेट निर्णय तयार गरेर बैठकको नेतृत्व देउवाले गरेको एक केन्द्रीय सदस्यले अनुमान गरे। शनिबारको बैठकमा देउवाले यसको छनक सहतमा ल्याएका थिए। 

'कांग्रेस जिताउन चुनावी तालमेल गर्ने हो। हिजो हाम्रो हालत के थियो? एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेका छन्। भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने? प्रचण्ड हार्न चुनाव लड्छ? मिल्दिन्छ नि, जहाँ जितिन्छ त्यहीँ? लखेटेपछि कहाँ जान्छन्? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले,' सभापति देउवाले शनिबारको बैठकमा भनेका थिए।  

प्रकाशित: Mar 27, 2022| 19:49 आइतबार, चैत १३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्