शुक्रबार, जेठ १, २०८३

एकीकृत परीक्षामा ५० प्रतिशतभन्दा कम अंक ल्याउनेले चिकित्सा शिक्षा पढ्न नपाउने

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा ५० प्रतिशत वा सो भन्दा बढी अंक ल्याउनेले मात्रै चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै सो व्यवस्थाा गरेको हो।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

National life

काठमाडौं- चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा ५० प्रतिशत वा सो भन्दा बढी अंक ल्याउनेले मात्रै चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै सो व्यवस्थाा गरेको हो।  

संशोधन गरिएको कार्यविधिअनुसार चिकित्सा शिक्षाका विभिन्‍न तहका नतिजाको योग्यताक्रममा समावेश हुनका लागि न्युनतम ५० औं पर्सेन्टाइल र सोभन्दा माथि रहेको हुनुपर्ने साथै सही उत्तरका लागि एक अंक प्राप्त हुने तथा प्रत्येक गलत उत्तरका लागि ०.२५ अंक घट्ने व्यवस्थाा गरिएको छ। 

सरोकारवालाबाट प्राप्त सुझाव र गत वर्षको नतिजा अध्यायन कार्यदलले सुझाएको प्रतिवेदनलाई आधार बनाएर कार्यविधि तयार गरिएको आयोगले जनाएको छ। साथै परिक्षार्थीले विषयवस्तु नबुझी अनुमानका भरमा मात्रै उत्तर दिने तरिकालाई निरुत्साहित गर्नका लागि प्रति गलत उत्तर ०.२५ अंक घटाइएको आयोगले जनाएको छ। आयोगले यही चैत १८, २० र २१ मा  एकीकृत प्रवेश परीक्षा लिने कार्यतालिका सार्वजनिक गरेको छ।  परीक्षामा ३६ हजार विद्यार्थी सहभागी हुने जनाइएको छ।


प्रकाशित: Mar 27, 2022| 19:32 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्