बुधबार, असोज १४, २०८३

आज नेपाली बजारमा सुनको मूल्य कति?

साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर रहेको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- ​साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख नौ सय रुपैयाँ कायम भएको छ। 

गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ।  

आज चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो।

प्रकाशित: Mar 27, 2022| 11:02 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्