बुधबार, चैत ४, २०८२

त्रिवि गृहविज्ञानमा मधुमेहबारे अन्तर्क्रिया

मधुमेहका रोकथाम तथा आधुनिक उपचार पद्धतिमाथि त्रिभुवन विश्वविद्यालय केन्द्रीय गृहविज्ञान विभागमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- मधुमेहका रोकथाम तथा आधुनिक उपचार पद्धतिमाथि त्रिभुवन विश्वविद्यालय केन्द्रीय गृहविज्ञान विभागमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

National life

बेलायतमा मधुमेहको उपचारमा सक्रिय प्रा.डा. सत्यन राजभण्डारी र डा. संकल्प न्यौपानेले दश नेपाली नर्स र दश पोषणविद्सँग अन्तर्क्रिया गरेका थिए।

बदलिँदो परिस्थितिमा मधुमेह रोकथाम र उपचारमा अभ्यास हुने विधिबारे सहभागीलाई राजभण्डारी र न्यौपानेले जानकारी गराएका थिए। उनीहरूका अनुसार सही मात्रामा इन्सुलिन प्रयोग, खाना र व्यायामको तालमेलबाट नै मधुमेह नियन्त्रण गर्न सक्ने उपाय सुझाएका थिए।

कार्यक्रममा त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन प्रा.डा. कुसुम शर्मा, गृहविज्ञान विभाग प्रमुख प्रा. डा.जया प्रधान उपस्थित थिए। पद्मकन्या क्याम्पसमा सम्पन्न कार्यक्रम केन्द्रीय गृह विज्ञान विभागले 'हेल्थ एक्सचेन्ज नेपाल' र 'डायबेटिज नेपाल'को सहकार्यमा कार्यक्रम गरेको हो।

प्रकाशित: Mar 26, 2022| 17:24 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्