बुधबार, चैत ४, २०८२

कोभिड अपडेट : १८ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा दुई सय ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चार हजार तीन सय ४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा दुई सय ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन। 

मन्त्रालयका अनुसार अहिले देशभर एक हजार नौ सय ६० जना सक्रिय संक्रमित रहेका छन् भने ६४ हजार तीन सय ४७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। अहिले निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Mar 25, 2022| 16:07 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्