बुधबार, असोज १४, २०८३

भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ। शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ। शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन्। 

दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ। भारतमा गत चार दिनमा पेट्रोल र डिजेलको मूल्य २.४० रुपैयाँले बढेको छ।

मूल्य बढेपछि राजधानी दिल्लीमा पेट्रोल ९७.८१ भारु र डिजेल ८९.०१ प्रतिलिटर पुगेको छ। मुम्बईमा पेट्रोल ८४ पैसाले बढेको छ।

भारतका प्रत्येक राज्यमा स्थानीय करको दर फरक फरक भएका कारण त्यहाँ पेट्रोलियम पदार्थको मूल्य राज्यअनुसार छुट्टाछुटै हुन्छ।

प्रकाशित: Mar 25, 2022| 11:16 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्