काठमाडौं- सुनको भाउ आज पनि बढेको छ। बिहीबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि ६ सय रुपैयाँले बढेको हो।
आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको महासंले जनाएको छ।