बुधबार, चैत ४, २०८२

शरीरलाई फिट राख्‍न के गर्ने?

स्वास्थ्य विज्ञहरूका अनुसार जीवनशैली र खानपानमा गडबडीका कारण मानिसको तौल छिट्टै बढ्न थाल्छ। यसलाई नियन्त्रण गर्नका लागि खानामा पौष्टिक तत्व समावेश गर्नुपर्छ र अस्वस्थकर फास्टफुडबाट टाढा रहनुपर्छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- धेरै रोगहरुबाट बच्न र तौल नियन्त्रण गर्न निकै महत्वपूर्ण मानिन्छ। बढी तौल वा मोटोपनको समस्याले मुटु रोग, मधुमेह जस्ता ज्यान जोखिममा पार्ने रोगको जोखिम धेरै गुणा बढाउँछ।

National life

स्वास्थ्य विज्ञहरूका अनुसार जीवनशैली र खानपानमा गडबडीका कारण मानिसको तौल छिट्टै बढ्न थाल्छ। यसलाई नियन्त्रण गर्नका लागि खानामा पौष्टिक तत्व समावेश गर्नुपर्छ र अस्वस्थकर फास्टफुडबाट टाढा रहनुपर्छ। 

पोषण विज्ञका अनुसार शरीरलाई स्वस्थ राख्न बेलुकाको खानामा स्वस्थकर चीजहरु समावेश गर्न निकै जरुरी हुन्छ। यसका अलावा रातिको समयमा केहि चीजहरू त्याग्नु पर्छ। यसले तपाईंको वजन छिटो बढाउन सक्छ। तौल नियन्त्रण गरेर स्वस्थ रहन सकिन्छ।  

कुन चिजको सेवन नगर्दा तौल नियन्त्रण गर्न सकिन्छ त?

प्रशोधित खाना

Laxmi sunrise bank
kumari

राम्रो स्वास्थ्य कायम राख्न, यो प्रशोधित खाद्य पदार्थको उपभोग गर्नु हुदैन। विशेष गरी रातको समयमा तिनीहरूको सेवनले तपाईंको तौल छिटो बढाउन सक्छ। अध्ययनहरुले प्रशोधित मासु जस्ता चीजहरूको उपभोगलाई धेरै रोगहरुको कारक मानेको छ। यसले उच्च रक्तचाप, हृदय रोग र मोटोपन जस्ता स्वास्थ्य समस्याहरु बढाउन सक्छ। प्रशोधित मासुमा ट्रान्स फ्याट र सोडियम उच्च हुन्छ र क्यालोरी प्रशस्त हुन्छ जसले तौल बढ्ने जोखिमलाई धेरै बढाउँछ।

आइसक्रिम

बेलुकाको खाना पछि मानिसहरु प्राय: मिठो चीजको चाहना गर्दछन् यसका लागि आइसक्रिम जस्ता चीजहरू खानु प्रायः सबैको चाहना हुन्छ तर यो बानीले तपाईंको स्वास्थ्यको हिसाबले समस्या बढाउन सक्छ। आइसक्रिम जस्ता मिठाईले तपाईको तौल छिटो बढाउन सक्छ। आइसक्रिममा फ्याट र आर्टिफिसियल चिनीको मात्रा बढी हुन्छ। त्यसैले रातिको समयमा यसको सेवनले तपाईको तौल नियन्त्रण लक्ष्यलाई बिगार्न सक्छ। 

सोडा वा प्याक गरिएको फलफूलको रस

फलफूलको जुसलाई स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ तर प्याकेज गरिएको फलफूलको जुस खानुको सट्टा ताजा फलफूलको जुस खानु बढी फाइदाजनक हुन्छ। रातिको समयमा प्याक गरिएको फलफूलको जुस वा सोडाको सेवन नगर्नुहोस्। यी पेयपदार्थहरुमा थप चिनीको मात्रा धेरै हुन्छ। त्यसैले तिनीहरुले मोटोपनको जोखिम बढाउन सक्छ।      -अमरउजालाबाट

प्रकाशित: Mar 25, 2022| 06:00 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्