काठमाडौं- सरकारले डा कसीसँग बिहिबार राति गरेको सहमति बमोजिम ४२ जनालार्इ कारबाही गर्ने भएको छ। जसमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठीदेखि लोकमान सिंह कार्कीसहित ४२ जना रहेका छन्।
सरकारले डा केसीसँग बिहिबार चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सहमति गरेको थियो। आमरण अनसनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमिततामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका थिए।
आयोगले छानबिन क्रममा विभिन्न अभिलेखको अध्ययन, स्थलगत निरीक्षण, छलफल, अन्तक्रिया र सम्बन्धित क्षेत्रका विज्ञको परामर्श लिएको थियो। साथै चिकित्सा शिक्षाका क्षेत्रमा सुझावसमेत दिएको छ।
मेडिकल शिक्षामा विभिन्न अनियमितता भएको भन्दै विसंगतिविरुद्ध अनशन बसेका केसीसँग गरेको सम्झौताअनुसार सरकारले २०७४ वैशाख ४ गते राजपत्रमा सूचना निकाली चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा डा. उपेन्द्र देवकोटा सदस्य थिए भने शिक्षा मन्त्रालयकै सहसचिव सूर्यमणि गौतम सदस्य सचिव थिए।
कारबाहीमा पर्नेहरु:
१. तीर्थ खनियाँ– उपकुलपति, त्रिभुवन विश्वविद्यालय
२. डिल्ली उप्रेती– रजिस्ट्रार
३. सुधा त्रिपाठी– रेक्टर
४. तारा सापकोटा, डिन, कानुन संकाय (कार्यकारी परिषद्मा पदावधि सकिएको)
६. रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय (कार्यकारी परिषद् सदस्य)
७. राजेन्द्र पौडेल (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य)
८. हरि पराजुली (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य)
९. डा. अनिलकुमार झा
१०. डा. शशी शर्मा
११. डा. सरोज श्रेष्ठ
१२. डा. करविरनाथ योगी
१३. डा. अकुर साह
१४. प्रा.डा. ज्योति शर्मा
१५. प्रा.डा. केशवप्रसाद सिंह
१६. प्रा.डा. प्रमोदकुमार श्रेष्ठ
१७. प्रा.डा. परशुराम मिश्र
१८. प्रा.डा. रामप्रसाद उप्रेती
१९. प्रह्लाद पन्त
२०. नारायण खनाल
२१. लोकमानसिंह कार्की (भविष्यमा सरकारी सेवाका लागि अयोग्य)
२२. रामकण्ठ माकाजू (सचेत बनाउने)
२३. हीराबहादुर महर्जन, पूर्वउपकुलपति, त्रिवि (भविष्यमा सरकारी सेवाका लागि अयोग्य)
२४. डा. बीपी दास (बलभद्र दास), पूर्वउपकुलपति, बीपीकेएचएस (भविष्यमा सरकारी सेवा अयोग्य)
२५. भागवत नेपाल (जागिर छाडेकाले कारबाही सिफारिस नगरेको)
२६. दामोदर गजुरेल, पूर्वअध्यक्ष मेडिकल काउन्सिल
२७. नीलमणि उपाध्याय, पूर्वरजिस्ट्रार भ्रष्टाचारमा छानबिन
२८. प्रा. भरत झा
२९. प्रा.डा. गोविन्दप्रसाद शर्मा
३०. प्रा.डा. त्रिलोकपति थापा
३१. प्रा.डा. केबी राउत
३२. डा. मनोहरप्रसाद गुप्ता
३३. श्री चन्द्रलाल श्रेष्ठ
३४. श्री हिरेन्द्रमान अमात्य
३५. डा. सीडी चावला
३६. प्रा. श्यामसुन्दर मल्ल
३७. डा. रमेशकुमार अधिकारी
३८. डा. रोहित श्रेष्ठ,
३९. डा. ओजस्वी नेपाल
४०. डा. प्रकाशराज न्यौपाने
४१. डा. सीबी पुन
४२. पन्ना थापा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४