बुधबार, असोज १४, २०८३

तोलामा ११ सयले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको तुलनामा सुनको मूल्य ११ सयले बढेको हो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको तुलनामा सुनको मूल्य ११ सयले बढेको हो।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ।

हिजो बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो।

चाँदी मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 24, 2022| 10:54 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्