बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कालो सूची सिफारिसमा परेका पाँच कम्पनीसँग सोधियो स्पष्टीकरण

कालो सूची सिफारिसमा परेका पाँच कम्पनीसँग सोधियो स्पष्टीकरण

कालो सूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- कालो सूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ।

अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखालाई स्पष्टीकरण कार्यालयले जनाएको छ। काम सन्तोषजनक नभएको भन्दै एक सूचना जारी गरेर अनुगमन कार्यालयले स्पष्टिकरण सोधेको हो।

अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालिलाई सुर्खेतको चौकुने गाउँपालिकाले, अभिषेक निर्माण सेवालाई सडक डिभिजन दाङले, श्रेष्ठ निर्माण सेवालाई सडक पूर्वाधार विकास कार्यालय पाल्पाले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका थिए।

बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

सार्वजनिक सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण पेस गर्न कार्यालयले सूचनामार्फत निर्देशन दिएको छ।

स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने छ। कालोसूचीमा परेमा कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।



प्रकाशित: Mar 24, 2022| 07:44 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्