बुधबार, असोज १४, २०८३

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६८ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ०८ पैसा र बिक्री दर १६१ रुपैयाँ ८७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २० पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०७ पैसा र बिक्री दर ९१ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २६ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ०६ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४७ पैसा र बिक्री दर ३२ रुपैयाँ ६३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २५ पैसा र बिक्री दर ३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०२ पैसा र बिक्री दर १० रुपैयाँ ०७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Mar 24, 2022| 07:05 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्