काठमाडौं- यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सेवा बन्द गर्ने भनी आएको समाचार सत्य नभएको स्पष्ट पारेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको जनाएको छ।
विभागका प्रवक्ता तथा सूचना अधिकारी डा लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको स्पष्ट पारेका हुन्। विभागले प्रदान गर्ने सेवा सो अवधिका लागि मात्रै अवरुद्ध हुने बताइएको छ।