बुधबार, चैत ४, २०८२

कोरोना संक्रमित ३८ जना थपिए, ९ जिल्लामा संक्रमण शून्य

पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार ५ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार ४५३ छ।

पछिल्लो २४ घण्टामा २६९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संंक्रमणमुक्त हुनेको संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ। यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन। मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौं रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्ला धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्। 

हाल होम आइसोलेसनमा दुई हजार ४०९, संस्थागत आइसोलेशनमा ४४, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ९७ हजार ३०६ जनाले खोप लगाएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2022| 17:55 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्