बुधबार, चैत ४, २०८२

अफगानिस्तानमा ६ कक्षामाथिका छात्रालाई विद्यालय जान प्रतिबन्ध

अफगानिस्तानमा तालिवान सरकारले छात्राहरुका लागि माध्यमिक शिक्षामा रोक लगाएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काबुल- अफगानिस्तानमा तालिवान सरकारले छात्राहरुका लागि माध्यमिक शिक्षामा रोक लगाएको छ। सात महिनापछि विद्यालय खुलेको पहिलो दिनमा नै बुधबार तालिवान प्रशासनले यस्तो घोषणा गरेका हो। सरकारको यो घोषणासँगै अब छात्राले कक्षा ६ भन्दामाथिको औपचारिक शिक्षाका लागि विद्यालय जान पाउने छैनन्।

National life

शिक्षा मन्त्रालयले जारी गरेको सूचना अनुसार अर्को वैकल्पिक योजना तयार नहुन्जेलसम्म छात्राका लागि विद्यालय बन्द रहनेछन्।

'कक्षा ६ माथि छात्राहरु भएका विद्यालय अर्को आदेश नआउन्जेलसम्मका लागि बन्द गरिएको जानकारी गराउछौँ,' मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ।

एएफपीसँगको वार्तामा तालिवानका प्रवक्ता ईनामुल्ला समंगनीले सो निर्णयको पुष्टि गरेका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले भने, 'हामीलाई यस विषयमा कुरा गर्न असमर्थ छौँ।'

प्रकाशित: Mar 23, 2022| 16:11 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्