बुधबार, असोज १४, २०८३

२०.३४ अंकले घट्यो नेप्से परिसूचक

दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचकमा बुधबार भने गिरावट आएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं– दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचकमा बुधबार भने गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक २०.३४ अंक घटेर २६३०.३६ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २२६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता सेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ। मंगलबार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.२५ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, जलविद्युत, अन्य र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि दुई वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

कारोबार रकमका आधारमा आजको दिन करिब साढे ८ करोडको सेयर खरिदबिक्री गरेर एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित: Mar 23, 2022| 16:03 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्