बुधबार, चैत ४, २०८२

शिक्षामा सुधार गर्नसके देशको अन्य क्षेत्र पनि सुध्रिन्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षामा सुधार गर्न सके देशको अन्य क्षेत्र पनि सुध्रिने बताएका छन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षामा सुधार गर्न सके देशको अन्य क्षेत्र पनि सुध्रिने बताएका छन्। निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १५औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले शिक्षा बस्तुको ब्यापार नभएकोले शिक्षामा सुधार गर्न सकेमात्र  देशको अन्य क्षेत्र पनि सुध्रिने बताएका हुन्।

National life

विद्यालय सञ्चालकलाई सम्झनेगरी काम गर्दै अघि बढ्न शुभकामना दिँदै मन्त्री पौडेलले समृद्धि र खुसी हुने ढोका शिक्षा नै भएको बताए। उनले भने, 'शिक्षामा सुधार गरे देशको सम्पूर्ण समृद्धि संभव छ। त्यसका लागि शिक्षा महत्त्वपूर्ण बिषय हो।'

शिक्षा बस्तुको ब्यापार नभएको उनको तर्क छ। शिक्षामा सुधार गर्न सके देशको अन्य क्षेत्र पनि सुध्रिने मन्त्री पौडेलले दाबी गरे। 'देशलाई समृद्धि तिर लैजान शिक्षा, सीप र सिकाईलाईसँगै अघि बढाउनु पर्छ,' उनले भने।

विद्वानहरू आफ्नो काममा सफल भएरै चर्चित भएको बताउँदै मन्त्री पौडेलले २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताए। 'विदेश जाने विद्यार्थीलाई रोक्न सकेका छैनौं। देशको ठूलो जनशक्ति बाहिर गएको छ। शिक्षा मन्त्रालय समस्या नै समस्याले गिजोलेको छ। मन्त्रालय प्राविधिक शिक्षा आफ्नो मुलुक सुहाउँदो आवश्यक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने भएको छ। विश्वविद्यालयका रिसर्च सेन्टर यतिकै थन्किएको अवस्था छ। शिक्षालाई बैज्ञानिक र व्यवहारीक बनाउन संकल्पको आवश्यकता छ,' उनले भने।

शिक्षा प्रणाली सुधार्न संरचनामा सुधार, ऐन निर्माणका विषयमासबै केन्द्रीत हुनुपर्ने, विद्यार्थी केन्द्रित काम गर्न शिक्षाको सुधार गर्न सबैतरबाट संकल्पको आवश्यकता भएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्याब्सन अधिवेशनको शुभकामना दिदै आफू शिक्षण पेसा हुँदै शिक्षा मन्त्रालय,परीक्षा बोर्डमा आएकाले शैक्षिक क्षेत्रमा भएको प्रगतिबाट अझै सन्तुष्ट नभएको बताए। उनले भने, 'सामुदायिक शिक्षाको सुधार, नयाँ संघिय शिक्षा ऐन बन्न नसक्दा समस्या भएको छ। ऐन अभावमा सुधारकाकाम अघि बढ्न सकेको छैन। शैक्षिक क्षेत्रमा विकास गर्न सामुदायिक र निजी विद्यालय मिलेर अघि बढ्नुपर्ने अवस्था छ। शिक्षा ऐन बनाउन ढिलो भयो अब ढिलो गर्नु हुन्न।'

प्रकाशित: Mar 23, 2022| 13:55 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्