काठमाडौं- नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा आज ११ सयले घटेको हो।
आज छापावाल सुनको मूल्य ११ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँ कायम गरिएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ।
आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा २५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ।