काठमाडौं– नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको कार्यकारी सदस्यमा मिलन देवकोटा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट देवकोटालाई मंगलबार बोर्डको कार्यकारी सदस्यमा नियुक्त गरेको हो।
उनको कार्य अवधि तीन वर्षको हुनेछ। अंग्रेजी साहित्यमा स्नातकोत्तर देवकोटा बोर्ड सदस्यमा शीर्ष तीन प्रतिस्पर्धीमध्येबाट छानिएकी हुन्।