शुक्रबार, साउन १५, २०८३

वैशाखदेखि दुवाकोटमा प्रयोगशाला सेवा सञ्चालन गर्ने वीर अस्पतालको घोषणा

वीर अस्पतालले भक्तपुरको दुवाकोटमा प्रयोगशाला र एक्सरे सेवा सञ्चानल गर्ने घोषणा गर्ने घोषणा गरेको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- वीर अस्पतालले भक्तपुरको दुवाकोटमा प्रयोगशाला र एक्सरे सेवा सञ्चानल गर्ने घोषणा गर्ने घोषणा गरेको छ। मंगलबार दुवाकोट प्रोजेक्टको स्थलगत अनुगमनका क्रममा अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले वैशाख १ देखि दुवाकोटमा यी सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन्। 

कोभिडअघि क्लिनिक सञ्चालन गर्दै आएको स्थानमा नै वीरले प्रयोगशाला र एक्स रे सेवा सञ्चालन गर्ने तयारी गरेको हो। तर कोभिड महामारीका कारण क्लिनिक सेवा प्रभावित भएको थियो। अब वैशाखदेखि रोकिएका सेवाहरूसहित प्रयोगशाला र एक्सरे सेवा सञ्चालन गर्ने बस्नेतले जानकारी दिए।

निरीक्षणमा पुगेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुवाकोटमा अस्पताल बनाउने कुरा आश्वासन मात्रै नभएको बताएका छन्। ‘सरकारको यो योजना जनतालाई आश्वासन दिलाउन खोजेको होइन, कोभिडका कारण केही समय ढिला भयो अब हामी यहाँ अस्तपाल बनाउने वचनबद्धता गछौं,’ खतिवडाले भने। खतिवडाले स्थानीयको माग अनुसारको सेवा दिइने उनले बताए। 

मंगलबार अनुगमनका लागि स्वास्थ्य मन्त्री खतिवडासहित मन्त्रालयका सचिवद्वय देवकुमारी गुरागाँई र डा रोशन पोखरेललगायतको टोली दुवाकोट पुगेका थिए। 

प्रकाशित: Mar 22, 2022| 19:16 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्