बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमसीसीअन्तर्गत नुवाकोटमा सबस्टेसन बनाउन अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्नुपर्ने

एमसीसीअन्तर्गत नुवाकोटमा सबस्टेसन बनाउन अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्नुपर्ने

अमेरिकी सहायता परियोजना एमसीसी अन्तर्गत सबस्टेसन बनाउन नुवाकोटमा अधिग्रहण गरिएको घरजग्गा खाली गर्न सूचना जारी भएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– अमेरिकी सहायता परियोजना एमसीसी अन्तर्गत सबस्टेसन बनाउन नुवाकोटमा अधिग्रहण गरिएको घरजग्गा खाली गर्न सूचना जारी भएको छ। मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको हो।

आज मंगलबार सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ। ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सबस्टेसन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

४०० केभी रातमाटे सबस्टेसनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो।  जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई सोको विवरण तथा जग्गाको लगतकट्टा एवं नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्नुपर्ने भएको हो।

प्रकाशित: Mar 22, 2022| 12:25 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्