बुधबार, असोज १४, २०८३

तोलामा आठ सयले बढेर फेरि एक लाख नाघ्यो सुनको मूल्य

छापावाल सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- नेपाली बजारमा मंगलवार सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ। छापावाल सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन (सोमवार) यस्तो सुन प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।  

प्रकाशित: Mar 22, 2022| 11:29 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्