शुक्रबार, जेठ १, २०८३

चिकित्सा शिक्षा : स्नातकोत्तर तहको खुलातर्फको पहिलो पूर्वभर्ना सूची सार्वजनिक (सूचीसहित)

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुलातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पहिलो पूर्वभर्ना सूची सार्वजनिक गरेको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

National life

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुलातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पहिलो पूर्वभर्ना सूची सार्वजनिक गरेको छ।

आयोगले गत फागुन ३० गते प्रकाशित गरेको सूचनाअनुसार पूर्वमनोनयनको सूचीमा परेका उम्मेदवारहरुले तोकिएको मितिभित्र आयोगको अनलाइन प्रणालीमार्फत् स्वीकार गरेका शैक्षिक कार्यक्रम र शिक्षण संस्था तथा उम्मेदवार आफैंले अस्वीकार गरेका वा परित्याग गरी रिक्त हुन आएका शैक्षिक कार्यक्रमका सिटमा पछिल्लो प्राथमिकताक्रममा रहेका उम्मेदवारलाई समावेश गरी पूर्वभर्ना सूची सार्वजनिक गरेको हो।

आयोगले सूचीमा परेका उम्मेदवारहले पालना गर्नुपर्ने निर्देशन तथा शर्त पनि उल्लेख गरेको छ।

प्रकाशित: Mar 21, 2022| 10:58 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्