आइतबार, मंसिर ७, २०८२

आईटीएफ तेक्वान्दोमा दिनेश र रुबिका च्याम्पियन

नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन्।

National life

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५-६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे। आर्मीकै प्रेम मगर तेश्रो भए। सेमिफाइनलमा दिनेशले बाग्मतीका निर्मल तामाङ तथा प्रमोदले आर्मीका प्रेम मगरलाई हराउदै उपाधि भिडन्त पक्का गरेका हुन्।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको महिला ४७–५५ केजी उपाधि भिडन्तमा रुबिकाले आर्मीकी हिमा खड्कालाई पाखा लगाइन्। लुम्बिनी प्रदेशकी तेरिया सापकोटाले तेश्रो स्थानमा चित्त बुझाइन्। फाइनल यात्रा तय गर्न रुबिकाले एपीएफकी सन्चिता तामाङ तथा हिमाले लुम्बिनीकी तेरियालाई सेमिफाइनलमा पन्छाएका थिए।

पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ सय, ३ सय र २ सयका दरले अमेरिकी डलर पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए।

विजेतालाई खानेपानीमन्त्री उमाकान्त चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेप बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, आईटीएफका अध्यक्ष अन्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगिताको पुरुष-महिलामा १-१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। पुरुष-महिलामा समान २७ खेलाडी सहभागी थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 20, 2022| 19:55 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।