बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • 'थाइल्यान्डलाई जित्नेछौं, मच्छिन्द्रका खेलाडी छैनन् भनेर रुनेवाला छैन'

'थाइल्यान्डलाई जित्नेछौं, मच्छिन्द्रका खेलाडी छैनन् भनेर रुनेवाला छैन'

'एक हप्ताको अभ्यास भए पनि टिमको तयारी राम्रो छ। सबैभन्दा महत्वपूर्ण कुरा थाइल्यान्ड नेपालभन्दा धेरै बलियो टिम हो। उसको स्तर जोर्डन र कुवेतसँग बराबरीको छ,’ प्रशिक्षक अल्मुताइरीले भने।
 |  आइतबार, चैत ६, २०७८

विनय सापकोटा

विनय सापकोटा

आइतबार, चैत ६, २०७८

काठमाडौं- मैत्रीपूर्ण दुई खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई आइतबार बिदाई गरिएको छ। थाइल्यान्ड र त्यहाँको लिग विजेता क्लब चोनबुरीसँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमलाई अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित एन्फा कप्लेक्समा बिदाइ गरेको हो। 

National life

फिफा वरीयतामा १६७औं स्थानमा रहेको नेपालले २४ मार्चमा ११२औं स्थानको थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। त्यसपछि त्यहाँको लिग विजेता चोनबुरी क्लबसँग २७ तारिखमा मैत्रीपूर्ण खेल खेल्नेछ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले थाइल्यान्डसँग नेपालले जितका लागि खेल्ने बताए। उनले नेपालले पछल्लो पटक व्यहोरेको लज्जास्पद हारलाई पनि सम्झिएका छन्।

‘जित र हार त खेलको पाटो नै हो। सबैभन्दा महत्वपूर्ण हाम्रा खेलाडी घाइते नबनुन् भन्ने हो। मैत्रीपूर्ण खेल भएपनि हामी जित्नेछौं, वरीयतामा सुधार हुनेछ,’ खेलाडीको बिदाईमा प्रशिक्षक अल्मुताइरीले भने, ‘यसले विश्वकप छनोटमा पनि सहयोग गर्ला।’ यद्यपि मैत्रीपूर्ण खेल भएकाले त्यसै अनुरुप खेल्ने उनको भनाइ छ। खेलका लागि नेपालले एक हप्ताको मात्र अभ्यास गरेको छ। 

'एक हप्ताको अभ्यास भए पनि टिमको तयारी राम्रो छ। सबैभन्दा महत्वपूर्ण कुरा थाइल्यान्ड नेपालभन्दा धेरै बलियो टिम हो। उसको स्तर जोर्डन र कुवेतसँग बराबरीको छ,’ प्रशिक्षक अल्मुताइरीले भने।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 20, 2022| 19:43 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।