बुधबार, चैत ४, २०८२

शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षामा नयाँ पाठ्यक्रम

शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र परीक्षाका लागि नयाँ पाठ्यक्रम लागू गरेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र परीक्षाका लागि नयाँ पाठ्यक्रम लागू गरेको छ। आयोगले शिक्षक अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा विषयगत रुपमा सञ्चालन हुँदै आएकोमा पाठ्यक्रम तथा परीक्षा प्रणालीमा परिवर्तन गरेको हो।

आयोगले सूचना जारी गर्दै चैत २ गतेको निर्णय अनुसार निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमतिपत्रको पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गरी आयोगले सार्वजनिक गरिसकेकोले आगामी परीक्षा सोहि पाठ्क्रम अनुसार हुने जनाएको छ।

यसका साथै आयोगले प्राथमिक तहको केन्द्रगत विवरण पनि सार्वजनिक गरेको छ।  आयोगले प्रदेश १ मा ९९ वटा परीक्षा केन्द्र, मधेश प्रदेशमा ५०, बागमतीमा ८०, गण्डकीमा ७४, लुम्विनिमा ९२, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ६१ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। आयोगले आफ्नो परिचय खुल्ने प्रमाणपत्र लिएर मात्र परीक्षामा सामेल हुन पाइने जनाएको छ।


प्रकाशित: Mar 20, 2022| 17:23 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्