बुधबार, चैत ४, २०८२

सिंहदरबारमा हेल्थ डेस्क सञ्चालनमा, सुविधासम्पन्न एम्बुलेन्स पनि तैनाथ

सिंहदरबार परिसरभित्र पुनः हेल्थ डेस्क सेवा सञ्चालनमा आएको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं– सिंहदरबार परिसरभित्र पुनः हेल्थ डेस्क सेवा सञ्चालनमा आएको छ।

National life

कोरोनाका कारण केही समय रोकिएको हेल्थ डेस्क सेवा आइतबारदेखि सञ्चालनमा आएको हो। आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीर अस्पतालले सिंहदरबार परिसरभित्र हेल्थ डेस्क सञ्चालन गरेको हो।

समय–समयमा मुटु रोग, मधुमेह, हाडजोर्नी तथा नसा, नाक, कान, धाँटी, छाला, महिला रोगलगायत विषेशज्ञ चिकित्सकले सेवा  दिने योजना रहेको सिंहदरबार हेल्थ डेस्क प्रमुख दीपक मुडभरीले बताए।

यसअघि २०७४ साल फागुन १६ गतेदेखि पनि त्यहाँ हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा दिँदै आएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको पूर्वी  प्रवेशद्वारसँगै साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रहेको भवनबाट सेवा सुरु भएको छ।

डेस्कमा अक्सिजनसहित बेड राखिएको छ। साथै ब्लड प्रेसर, सुगरलगायत जाँच गरिन्छ भने सुविधासम्पन्न एम्बुलेन्स पनि तैनाथ हुनेछ। डेस्कमा स्वास्थ्य परामर्शका साथै आवश्यक औषधिसमेत दिइनेछ। कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचलाई कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस् र कार्यालय समयको बचत होस् भन्ने उद्देश्यले हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो।

Laxmi sunrise bank
kumari

हेल्थ डेस्कले कर्मचारीका साथै सिंहदरबारभित्र आउने सेवाग्राहीलाई समेत स्वास्थ्य सेवा प्रदान गर्नेछ। 

प्रकाशित: Mar 20, 2022| 14:53 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्