शुक्रबार, जेठ १, २०८३

शिक्षकको परीक्षामा सहभागी हुन परिचय खुल्ने प्रमाणपत्र चाहिने

परिचय खुल्ने प्रमाणपत्र लिएर मात्र परीक्षामा सामेल हुन पाइने शिक्षक सेवा आयोगले जनाएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

National life

काठमाडौं– परिचय खुल्ने प्रमाणपत्र लिएर मात्र परीक्षामा सामेल हुन पाइने शिक्षक सेवा आयोगले जनाएको छ।

आयोगले यही चैत १५, १७, १९ र २१ गते हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेदवारले प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिई परीक्षामा सहभागी हुन सूचित गरेको हो।

आयोगले परीक्षाका लागि प्रदेश १ मा ९१, मधेश प्रदेशमा २८,बागमती प्रदेशमा ६२, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ५८, कर्णाली प्रदेशमा २३ र सुदूरपश्चिममा ४४ गरी ३ सय ७३ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।

प्रकाशित: Mar 18, 2022| 17:20 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्