काठमाडौं- अमेरिकी दूतावासका सामग्री लिएर काठमाडौं आएको अमेरिकी एयर फोर्सको कार्गो जहाज फर्किएको छ। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाज अढाई घण्टापछि नै फर्किएको हो।
अमेरिकी सेनाको जहाज काठमाडौं उत्रिएपछि सामाजिक सञ्जालमा अमेरिकी सेना आएको भन्दै चर्चा भएको थियो। तर यसरी अमेरिकी सेनाको जहाज पहिलो पटक भने नआएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
'अमेरिकी दूतावासका सामग्री लिएर आएको जहाज फर्किएको छ। यसरी दूतावासका सामग्री सामग्री लिएर अमेरिकी कार्गो जहाज आएको पहिलो पटक होइन,' विमानस्थल स्रोतले भनेको छ।