काठमाडौं- सुनको भाउ आज स्थिर रहेको छ। बिहीबारको जस्तै आज सुन तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।