शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या

दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या

दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले राज्यको राजधानी ओवेरीमा पत्रकारहरूलाई बताएका छन् । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

नाइजेरिया- नाइजेरियाको दक्षिणी राज्य इमोमा बुधबार कारागारका दुई अधिकारीलाई गोली हानी हत्या गरिएको एक प्रवक्ताले बताएका छन्। दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले राज्यको राजधानी ओवेरीमा पत्रकारहरूलाई बताएका छन् । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन्। 

National life

बुधबार नै नाइजेरियको नाइजरस्थित नाग्मा प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा पनि १० जनाको हत्या गरिएको थियो।  यहाँका प्रहरी अधिकारीले केही व्यक्तिको बन्दुक हमलाबाट कम्तीमा १० जनाको हत्या भएको बताएका थिए।

नाइजरका प्रहरी प्रमुख बाला कुरियर्सले सोमबार नाग्मा प्रहरी चौकीमा बन्दुकधारीले गरेको हमलामा परी तीन जना प्रहरी अधिकारी मारिएको बताएका थिए। त्यसपछि मंगलबार पनि बन्दुकधारीहरुले सोही चौकीमा हमला गरेका उनले बताए।

नाइजरको सहर म्याग्मा प्रहरी कार्यालयमा मंगलबार पनि अन्धाधुन्ध गोली प्रहार गरेर थप तीन प्रहरीको हत्या गरेका थिए।मंगलबारको गोली प्रहारमा परी चार जना सर्वसाधारण पनि मारिएका छन्। मंगलबार मारिएका चार सर्वसाधारण माग्माका गाउँले रहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिए। 

सो क्षेत्रमा विगतका केही महिनादेखि बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानेर सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान लिने काम भएको अधिकारीहरुले जनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 18, 2022| 00:00 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।