आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसी पत्रकारले भनिन्- पश्‍चिमालाई रुसीहरु पनि युद्धको विपक्षमा छन् भन्‍ने देखाउन टेलिभिजनमै विरोध गरे

रुसी पत्रकारले भनिन्- पश्‍चिमालाई रुसीहरु पनि युद्धको विपक्षमा छन् भन्‍ने देखाउन टेलिभिजनमै विरोध गरे

रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेकी तथा युद्ध विरोधी भिडियो बनाएकी रुसी पत्रकारले पश्‍चिमा दर्शकहरुलाई रुसका नागरिकहरु पनि युद्धको विरोधमा रहेको देखाउनका लागि टेलिभिजनमै विरोध गरेको बताएकी छन्।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

मस्को- रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेकी तथा युद्ध विरोधी भिडियो बनाएकी रुसी पत्रकारले पश्‍चिमा दर्शकहरुलाई रुसका नागरिकहरु पनि युद्धको विरोधमा रहेको देखाउनका लागि टेलिभिजनमै विरोध गरेको बताएकी छन्। 

उनले भनिन्, 'हामी युद्धको पक्षमा छैनौं। मैले वास्तवमा हाम्रो पश्‍चिमा मुलुकका दर्शकहरुलाई रुसीहरु पनि युद्धको विरोधमा छन् भन्‍ने देखाउनका लागि टेलिभिजनमै युद्धको विरोध गरेकी हो।' 

रुसको सरकार नियन्त्रित च्यालन १ की मारिना ओभ्सिएनिकोभाले गत सोमबार बेलुकाको समाचार प्रसारण भइरहेका बेला प्लेकार्डसहित प्रदर्शन गरेकी थिइन्। उनले रुसले युक्रेनमा गरिरहेको युद्धको विरोधमा भिडियो पनि बनाएकी थिइन्।

सरकारी टेलिभिजनमै युद्धको विरोध गरेको भन्दै उनलाई रुसी अधिकारीहरुले नियन्त्रणका लिएका थिए। उनलाई १४ घण्टासम्म सोधपुछ गरिएको थियो। उनले आफूले दुई दिनसम्म आफू सुत्‍न नपाएको र कानुनी सहयोगका लागि पनि पहुँच नदिइएको बताएकी थिइन्। 

करिब १४ घण्टाको सोधपुछपछि २८० अमेरिकी डलर जरिवाना तिरेर रिहा गरिएको थियो। उनले गैरकानुनी रुपमा सार्वजनिक कार्यक्रम गरिएको आरोपमा दोषी ठहरिएकी छैनन् ।

उनले भिडियो सन्देशमा रुसी नागरिकसँग युद्ध विरुद्ध प्रदर्शन गर्न अपिल गरेकी छन्। सत्तामा रहेका नेतृत्वको ‘पागलपन’ रोक्नका लागि नागरिकले प्रदर्शन गर्नु पर्ने भन्दै उनले सबैलाई नियन्त्रणमा लिन नसक्ने भएकाले नडराउन पनि आग्रह गरेकी छन्। -बीबीसी

प्रकाशित: Mar 17, 2022| 17:58 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।