शनिबार, फागुन २३, २०८२

युक्रेनका हजारौं बालबालिकाहरु बेचबिखनको जोखिममा

रुसले युक्रेनमा लगातार आक्रमण जारी राखेपछि हजारौं बालबालिका बेचबिखनको जोखिममा परेका छन्।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

किभ - रुसले युक्रेनमा लगातार आक्रमण जारी राखेपछि हजारौं बालबालिका बेचबिखनको जोखिममा परेका छन्।

National life

युक्रेनको अधिकारवादी समूहका अनुसार अनाथलय तथा विभिन्‍न असहाय केन्द्रहरुमा रहेका करिब दुई लाख बालबालिकाहरु बेचबिखनको जोखिममा रहेको जनाएको छ। 

अमेरिकी सैन्य भेटरान्स जेरेमी लोकीका अनुसार युद्ध प्रभावितहरुलाई उद्धार गर्ने नाममा बालिबालिकाहरुको तस्करी तथा बेचबिखन हुनसक्ने जोखिम बढेको बताएका छन्। 

यसको फाइदा विभिन्‍न आपराधिक समूहहरुले उठाउनसक्ने बताइएको छ। एरियल रिकभरीका प्रमुख समेत रहेका लोकीले अहिले युक्रेनमा विभिन्‍न अनिश्‍चितताहरु सिर्जना भएका छन्।

यस्तो अवस्थामा आफू जोगिनका लागि अरुले भनेको जे पनि मान्‍नसक्ने अवस्था भएकोले बालबालिका तथा महिलाहरुको बेचबिखनको जोखिम बढ्नसक्ने जनाइएको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 17, 2022| 14:55 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।