काठमाडौं- नेपाल राष्ट्र बैंकले विहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७३ पैसा र बिक्री दर १२२ रुपैयाँ ३३ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९७ पैसा र बिक्री दर १३० रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १९ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ २९ पैसा र बिक्री दर १० रुपैयाँ ३४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १६ पैसा र बिक्री दर १९ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४४ पैसा र बिक्री दर ३२ रुपैयाँ ६० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३१ पैसा र बिक्री दर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ छ भने बिक्री दर २९ रुपैयाँ १४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर