बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उपभोक्ताको भान्सा महँगो भएकोप्रति सरकार गम्भीर हुन आवश्यक

उपभोक्ताको भान्सा महँगो भएकोप्रति सरकार गम्भीर हुन आवश्यक

पछिल्लो समय अनियन्त्रितरूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगोे भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने वक्ताको धारणा रहेको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- पछिल्लो समय अनियन्त्रितरूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगोे भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने वक्ताको धारणा रहेको छ।  

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित ‘अनियन्त्रित मूल्यवृद्धि यसले उपभोक्तामा पारेको प्रभाव’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले महँगीका कारण उपभोक्ताको भान्सै बल्न कठिन अवस्था आएकाले बजारको नियमित अनुगमन गरी सरकारले मूल्य नियन्त्रण गर्नेतर्फ जोड दिनुपर्ने बताएका हुन्।  

कार्यक्रममा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रजनी अमात्य जोन्छेले उपभोक्ता अधिकार संरक्षणका लागि केही नयाँ काम गर्न लागेको बताए। उनले भने, 'हालको महँगीका कारण उपभोक्तालाई पर्न गएको असरलाई सहज होस् भन्दै केही राहतको कार्यक्रम ल्याउन लागिएको पनि जानकारी दिए।'

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले कुनै सामग्री खरिद गर्दा आफूलाई ठगिएको महसुस भए तत्काल ११३७ मा फोन गरेर विभागमा जानकारी दिन उपभोक्तालाई आग्रह गरे।

राष्ट्रिय उपभोक्ता मञ्‍च भक्तपुरका अध्यक्ष मनोज थापाले हाल सरकारले गर्ने गरेको बजार अनुगमन प्रक्रिया सङ्घ, प्रदेश र स्थानीय तहबाट नभई एकद्वार प्रणालीबाट हुनुपर्ने धाराणा राखे। मञ्चका अध्यक्ष पे्रमलाल महर्जनले महँगीको मुख्य कारण विचौलिया रहेकाले तिनलाई कानूनी कारबाही गर्नतर्फ सरकार सक्रिय रहनुपर्ने बताए। 

प्रकाशित: Mar 16, 2022| 23:45 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्