बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले बुधबार  राती १२ बजेदेखि लागू हुनेगरी  डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो। यी तीनै पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको निगमले जानकारी दिएको छ। 

यो सँगै अब पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ। 

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यस्तै आन्तरिक हवाइ इन्धनमा पनि प्रतिलिटर १५ ले वृद्धि गरी १५१ रुपैयाँ पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १४४९ अमेरिकी डलर पुर्‍याइएको छ।

एलपी ग्यास मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

प्रकाशित: Mar 16, 2022| 21:26 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्