बुधबार, चैत ४, २०८२

यस्ता छन् भुटेको चना खानुका फाइदा

पोषणविद्का अनुसार भुटेको चनाले पेटको समस्या कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न फाइदाजनक हुन्छ। अर्कोतर्फ यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको नियमित सेवनले तपाइँलाई फाइदा दिन सक्छ।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- चना खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ। चनामा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ। जुन तपाईंको स्वास्थ्यको लागि फाइदाजनक हुन सक्छ। तर के तपाईलाई थाहा छ भुटेको चना खाँदा स्वास्थ्यका लागि अन्य धेरै फाइदा हुन सक्छ? पोषणविद्का अनुसार भुटेको चनाले पेटको समस्या कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न फाइदाजनक हुन्छ। अर्कोतर्फ यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको नियमित सेवनले तपाइँलाई फाइदा दिन सक्छ।

National life

प्रोटिनको मात्रा प्रशस्त हुनु

चनामा प्रोटिन प्रचुर मात्रामा पाइन्छ। त्यसैले यसको सेवनले मांसपेशीलाई फाइदाजनक पुर्‍याउदछ। अध्ययनहरुका अनुसार भुटेको चना खानाले तपाईंलाई शारीरिक क्षमताको विकासमा अद्भुत फाइदाहरू दिन सक्छ। महसँग भुटेको चना खाँदा शरीरमा रगतको कमी पनि हट्छ, साथै प्रोटिनको राम्रो स्रोत भएकाले यसलाई फिटनेसका लागि पनि फाइदाजनक मानिन्छ।

ब्लड सुगरलाई नियन्त्रणमा राख्छ

मधुमेहका रोगीहरूलाई सन्तुलित आहार रोज्न गाह्रो हुन्छ। त्यस्ता मानिसहरुका लागि भुटेको चना खानु राम्रो विकल्प हुन सक्छ। यो कम ग्लाइसेमिक इन्डेक्स आहार भएकोले यसको सेवनले रगतमा चिनीको मात्रा बढाउँदैन। यस बाहेक चनामा राम्रो मात्रामा फाइबर पाइने भएकाले पेटलाई स्वस्थ राख्न र मधुमेहसँग सम्बन्धित अन्य जटिलताहरु कम गर्नका लागि यो फाइदाजनक हुन सक्छ।

Laxmi sunrise bank
kumari

पाचन क्रियालाई स्वस्थ राख्छ

यदि तपाई पनि पाचन सम्बन्धी समस्याबाट हैरान हुनुहुन्छ भने भुटेको चनालाई खानामा समावेश गरेर फाइदा लिन सक्नुहुन्छ। यसले तपाईंलाई लामो समयसम्म पेट भरिएको महसुस गराउनुका साथै यसमा पाइने फाइबरको मात्राले दिसालाई सहज बनाउँछ। जसले कब्जियत र पेट फुल्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ। भुटेको चना पाचन शक्ति बढाउन र शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्न लाभदायक हुन्छ।

प्रकाशित: Mar 17, 2022| 05:40 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्