शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनी राष्ट्रपतिले बाइडेनलाई भने - तपाईं विश्‍वको नेता बन्‍नुहुन्छ, शान्तिको नेतृत्व गर्नुस्

युक्रेनी राष्ट्रपतिले बाइडेनलाई भने - तपाईं विश्‍वको नेता बन्‍नुहुन्छ, शान्तिको नेतृत्व गर्नुस्

उनले राष्ट्रपति बाइडेनलाई विश्वको नेता बन्‍न आग्रह गरेका छन्। उनले थपे, 'राष्ट्रपति बाइडेन, तपाईं तपाईंको मुलुकको नेता हो। तर, मलाई आशा छ, तपाईं विश्‍वको नेता बन्‍न सक्नुहुन्छ। विश्‍वको नेता भन्‍नुको अर्थ शान्तिको नेतृत्व लिनु हो।'
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

किभ- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेनेस्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका हुन्। उनले एक सम्बोधनका क्रममा राष्ट्रपति बाइडेनलाई भने, 'तपाईंको मुलुकको शान्ति केवल तपाईं र तपाईंको जनतामा मात्र निर्भर हुँदैन। त्यो तपाईंसँगैका मुलुकहरु र तपाईंभन्दा बलिया मुलुकहरुसँग निर्भर हुन्छ।' 

'बलियो भन्‍नुको अर्थ ठूलो होइन,'राष्ट्रपति जेलेन्स्कीले थपे, 'बलियो भनेको त्यो हो, जो साहसी र आफ्ना नागरिकको र विश्‍वका नागरिकको जीवन जोगाउनका लागि जो लड्न सक्छ।' 

उनले आफ्ना नागरिकहरुले आफ्नो मुलुकको स्वाधिनताका साथै 'युरोप र सिंगो विश्वको मूल्य लागि लडिरहेको' बताएका छन्। भावुक हुँदै ४५ वर्षीय राष्ट्रपति जेलेनेस्कीले भने, 'यदि युक्रेनी बालबालिकालाई मृत्यु हुनबाट जोगाउन सकिएन भने जीवनको अर्थ नै के छ र? एक मुलुकको नेतृत्वको हैसियतले यो सबैभन्दा ठूलो र महत्वपूर्ण विषय हो।' 

उनले राष्ट्रपति बाइडेनलाई विश्वको नेता बन्‍न आग्रह गरेका छन्। उनले थपे, 'राष्ट्रपति बाइडेन, तपाईं तपाईंको मुलुकको नेता हो। तर, मलाई आशा छ, तपाईं विश्‍वको नेता बन्‍न सक्नुहुन्छ। विश्‍वको नेता भन्‍नुको अर्थ शान्तिको नेतृत्व लिनु हो।' - बीबीसी


प्रकाशित: Mar 16, 2022| 19:34 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।