काठमाडौं - विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषिकर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ। यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो। यो मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमाआयोजनागरिएको सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन्।
मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन्। सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन्। मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेशन रहेको छ।
एसियाकै पहिलो ‘कृषिकर्जा मेला’ नेपालमासोही मितिमा र सोही स्थानमा सलोम ५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरिएको छ। नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो। प्रदर्शनीमै कृषिकर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाको थप आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताए। कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषिकर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए। ‘कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै समस्याको समाधान होस् भन्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो,’ कटुवालले भने।
कृषिकर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुष्मा शर्माले बताइन्। मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाई छ। यसैगरी बैंकहरुलाई कृषिकर्जा व्यवसाय विस्तारमार्फत बजार प्रबर्द्धनमा सहयोग पुर्याउने, नीतिनिर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषिकर्जाको राष्ट्रिय संवाद एवम् कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति-निर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवाप्रदायक र नीतिनिर्माताबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाई छ।
कृषिकर्जा वास्तविक कृषकसम्म पुग्नु पर्ने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शर्मा बताउछन्। कृषि कर्जाको कन्सेप्ट राम्रो लागेकोले नै सहयोगी संस्थाको रुपमा आफूहरु रहन तयार भएको शर्माको भनाई छ। यसले वास्तविक कृषकसम्म वित्तीय सूचना पुग्ने अपेक्षा गरिएको उनले बताए। कृषि क्षेत्रमा बैंकहरुले ठूलो लगानी भइरहे पनि उपलब्धि न्यून भएको उनको भनाई छ। कृषकले उत्पादन त गरेका छन् तर ढुवानी र बजारीकरणसम्मका भ्यालु चेनमा बैंकले ध्यान दिन आवश्यक रहेको उनले बताए।
धेरै जसो सहुलियत कर्जा कृषि क्षेत्रमै गइरहेको बताउँदै उनले वास्तविक कृषकसम्म पुग्न नसकेको बताए। कृषि क्षेत्रलाई थप प्रबर्द्धन गर्न बैंक र एसोसिएसन तयार रहेको उनको दाबी छ। बैंकले कृषिमा लगानी बढाउन सके वैदेशिक रोजगारीमा युवा जाने क्रम पनि रोकिने उनको भनाई थियो।