बुधबार, असोज १४, २०८३

एनएसजेएफ स्पोर्ट्स अवार्डलाई नबिलको सहप्रायोजन

नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड-२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसंग सहप्रायोजन सम्झौता गरेको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं - नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड-२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसंग सहप्रायोजन सम्झौता गरेको छ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले सह–प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे। १८ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने छ।

सह–प्रायोजक बनेवापत नबिलले अवार्डलाई लगानी ब्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ। सम्झौता कार्यक्रममा नबिलका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चित संस्था नबिललाई अवार्डको सहयोगीको रुपमा पाउनु खुशीको क्षण भएको बताए। सुवेदीले सह–प्रायोजन गरेकोमा प्रमुख कँडेल प्रति धन्यवाद व्यक्त गरे।

स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन्। अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ।

प्रकाशित: Mar 16, 2022| 19:09 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्