ब्रसेल्स- उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको समर्थनमा एकजुट हुनुपर्न बताएका छन्। बेल्जिमयको ब्रसेल्समा भएको नाटो सम्बद्ध राष्ट्रका प्रतिनिधिहरुको बैठकमा नाटो प्रमुख स्टोल्टेनबर्गले यस्तो बताएका हुन्।
रुसले युक्रेनमाथि पछिल्लो पटक सुरु गरेको आक्रमणपछि पहिलोपटक भएको औपचारिक बैठकमा स्टोल्टेनबर्गले भने ,'पश्चिमा देशले युक्रेनलाई सैन्य सहयोग गरेका छन् र यस्तो सहयोग जारी राख्नुपर्छ। नाटो सदस्य राष्ट्रले रुसमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका छन्। युक्रेनलाई समर्थन गर्ने मामिलामा एकजुट रहनुपर्छ।'
रुसले युक्रेनमाथि आक्रमण थालेपछि नाटोका राष्ट्रले युक्रेनका साहसी नागरिक, सरकार र सेनालाई सैन्य उपकरणमा सहयोग गरेका छन्। लाखौँ शरणार्थीलाई आश्रय दिएर मानवीय तथा आर्थिक सहायता प्रदान गरेका छन्। तर यस्तो सयहोग अझ बढाउनुपर्ने भएको छ,' उनले भने।