शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको हो।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

सोमालिया- सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको हो।

National life

सोमबार साँझ प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्‍याउन दाताहरूलाई आग्रह गरेका हुन्।

सोमबार दाता राष्ट्रका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको रोब्लेले बताए। खडेरीका कारण झण्डै ६९ लाख मानिस प्रभावित हुनुका साथै ९५ लाखभन्दा बढी पशुचौपाया प्रभावित भएका बताइएको छ। 

सरकारका अनुसार २६ लाख मानिसमा पानीको गम्भीर अभाव छ। तीन वर्षसम्म खासै पानी नपरेपछि सरकारले ‘सन् २०११ को अनिकालपछि देशमा सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको’ बताएको छ। 

खडेरीका कारण पशुधन र अन्नबाली नष्ट भएको बताउँदै उनले देशका खडेरी प्रभावित जनतालाई आकस्मिक सहयोगमा भाग लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन्। 

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री राब्लेले भने, 'हाम्रो सहयोगको लागि गरिएको आह्वानको जवाफ विभिन्न देश तथा संगठनहरूले दिएका छन् र उनीहरूले देशका सबैभन्दा प्रभावित क्षेत्रहरूमा सहायता पठाएका छन्।'

संयुक्त राष्ट्रसंघको मानवीय मामिला सम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले अप्रिल महिनाको अर्को वर्षायामभन्दा अगावै खडेरी आकस्मिक अवस्था झन् बिग्रने चेतावनी दिएपछि सो अपिल आएको हो।

सो अपिलमा दादुरा र पखाला तथा हैजाका घटना बढ्दै गएको पनि उल्लेख गरिएको छ। ओसीएचएले जीवन र जीविकोपार्जनको लागि प्राथमिकता प्राप्त क्षेत्रमा थप आर्थिक सहायता तत्काल आवश्यक रहेको बताउँदै स्थानीय समुदाय, अधिकारकर्मी र मानवीय साझेदारले उपलब्ध श्रोतभित्र सहयोग बढाउँदै जाने बताएको छ।  

प्रकाशित: Mar 16, 2022| 05:25 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।