शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • यूक्रेनको अवस्था सहज बनाउन ठोस कदम चाल्न अमेरिकालाई चीनको आग्रह

यूक्रेनको अवस्था सहज बनाउन ठोस कदम चाल्न अमेरिकालाई चीनको आग्रह

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मङ्गलबार यूक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

बेइजिङ- चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मङ्गलबार यूक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन्। 

National life

प्रवक्ता झाओ लिजियानले यूक्रेन सङ्कटको सम्बन्धमा रूस र चीनबीचको सम्बन्धबारे हालै एक जना नाम नखुलेका अमेरिकी अधिकारीले गरेको आरोपको जवाफमा नियमित प्रेस ‘ब्रिफिङ’मा उनले उक्त भनाई राखेका हुन्।

रूसले चीनबाट सैन्य र आर्थिक सहयोगको लागि अनुरोध गरेको र चीनले सहमति जनाएको तर त्यसलाई सार्वजनिक रुपमा अस्वीकार गर्ने सूचना दिएको भन्ने एक नाम नखुलाइएका अमेरिकी अधिकारीले बताएको भन्ने सूचना अमेरिकी सरकारले नेटो र केही एसियाली सहयोगीहरुमार्फत् पाएको भन्ने सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा कुनै सत्यता नरहेको उनले बताए।

रुसले चीनसँग सैन्य सहयोग माग्न अस्वीकार गरेको उल्लेख गर्दै विसङ्गत सूचना सिर्जना गर्ने र फैलाउने जस्ता कार्य गैरव्यावसायिक, अनैतिक र गैरजिम्मेवार हुने हुँदा जिम्मेवार मुलुकले यसो गर्नु नहुने झाओले बताए। 

झाओले भने, 'संयुक्त राज्य अमेरिकाले यूक्रेन संकटको विकासमा निर्वाह गरेको भूमिकालाई गहिरिएर विचार गर्नुपर्छ र यूक्रेनको स्थिति लाई कम गर्न ठोस प्रयास गर्नुपर्छ।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 16, 2022| 05:50 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।