बुधबार, असोज १४, २०८३

नेप्से परिसूचक १७.१५ अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भएपनि मंगलबार गिरावट आएको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भएपनि मंगलबार गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २ हजार ६५०.९७ विन्दुमा झरेको छ। 

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार नेप्सेमा कारोबार हुने १० ठूला कम्पनी मध्ये ९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएकाले नेप्से परिसूचकमा करेक्सन आएको हो। 

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ३.१६ प्रतिशत बढेको छ। जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

मंगलबार कारोबारमा आएका मध्ये इमर्जिङ्ग नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको शेयरमूल्य साढे ६ प्रतिशत भन्दाबढी बढेको छ। तर नेपाल टेलिकमको शेयरमूल्य ५.१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ३४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम नै शीर्ष स्थानमा रहेको छ। अपि पावर, नेपाल लाइफ इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: Mar 15, 2022| 18:05 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्